पोखरा , १२ बैशाख २०८३।
पर्वतको फलेवासमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी फलेबास नगरपालिका–५ की खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार, घरभित्र बसिरहेको अवस्थामा एक्कासी चट्याङ पर्दा लामिछाने गम्भीर घाइते भई बेहोश भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो ।