दशरथ रंगशालास्थित होल्डिङ सेन्टरको सम्पर्कमा २३ परिवार

दशरथ रंगशालास्थित होल्डिङ सेन्टरको सम्पर्कमा २३ परिवार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ बैशाख २०८३
  • 1.4K
    Shares

पोखरा , १२ बैशाख २०८३।

काठमाण्डौको थापाथली र गैरीगाउँ क्षेत्रबाट स्थानान्तरण गरिएका सुकुम्बासीहरूको व्यवस्थापनका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ परिवारको विवरण संकलन गरिएको छ। उपत्यका विकास प्राधिकरणले रंगशालामा आइपुगेका परिवारहरूको विस्तृत तथ्याङ्क लिने कार्यलाई तीव्रता दिएको छ।

बस्ती खाली गराउने अभियान जारी रहेकाले ती क्षेत्रहरूबाट सुकुम्बासीहरू होल्डिङ सेन्टरमा आउने क्रम अझै चलिरहेको प्राधिकरणले जनाएको छ।

होल्डिङ सेन्टरमा रहेका नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको छ। काठमाडौँ महानगरपालिकाले होल्डिङ सेन्टरमै प्राथमिक उपचार सेवा उपलब्ध गराएको छ भने थप उपचार आवश्यक पर्नेहरूका लागि अन्य केन्द्रहरू पनि तयारी अवस्थामा राखेको छ।

महानगरका अनुसार थप स्वास्थ्य सेवाका लागि वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू खुला राखिएका छन्। ती केन्द्रहरूबाट बिरामीहरूलाई आवश्यक परामर्श र उपचार सेवा प्रदान भइरहेको छ। विस्थापित परिवारहरूमा देखिन सक्ने स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गर्न स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिएको छ।

प्रतिक्रिया