पोखरा , १२ बैशाख २०८३।
स्याङ्जामा चट्याङले लागेर एक युवाको मृत्यु भएको छ।
जिल्लाको बिरुवा गाउँपालिका-२ श्रीडाँडामा चट्याङले लागेर शुक्रबार साँझ स्थानीय २० वर्षीय मिलन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
चट्याङले लागेर गम्भीर घाइते भएका बिकलाई तत्काल उद्धार गरेर उपचारका लागि प्रदेश अस्पताल पुतलीबजार लगिएकोमा उपचार हुँदाहुँदै शनिबार बिहान सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैदिन साँझ हरिनास गाउँपालिका–४ सारुथरस्थित तेजबहादुर थापाले सञ्चालन गरेको कुखुरा फार्ममा अचानक चट्याङ परेको थियो । चट्याङ लाग्दा फार्ममा रहेका साना–ठूला गरी ५५० वटा कुखुरा मरेका छन् भने फार्म पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।