नक्कली पेस्तोल सहित पोखराबाट दुई जना गुण्डा पक्राउ

नक्कली पेस्तोल सहित पोखराबाट दुई जना गुण्डा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ बैशाख २०८३
  • 3.1K
    Shares

पोखरा , ११ बैशाख २०८३।

नक्कली पेस्तोल सहित पोखराबाट दुईजना गुण्डा पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौर क्षेत्र आसपासका बिभिन्न स्थानमा हतियार देखाएर अरुलाई धम्क्याएको आरोपमा कास्की प्रहरीले बिहीबार साँझ दुई जना गुण्डालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको व्यस नगरपालिका घर भई पोखरा –८ सिमलचौर बस्ने ३२ बर्षीय सुभाष कायस्थ र सोहि ठाउँ बस्ने ३१ बर्षीय सुरज कायस्थ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको सिमलचौर स्थित कोठा खानतलासी गर्दा फलामको रडको स्लाईड स्टिक एकथान, नक्कली पेस्तोल १ थान, पेस्तोल कभर १ थान र नोक २ थान फेलापरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया