पोखरा , ११ बैशाख २०८३।
बाँकेको खजुराबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले बाँकेको खजुरा गाउँपालिका–५ बाट २६ वर्षीय अजिजुल रहमान खाँलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।
उनको साथबाट दुईसय ७५ ग्राम खैरो हेरोईन, एक थान पेस्तोल र त्यसमा लाग्ने दुई २ राउण्ड गोली, डिजिटल तराजु,, विभिन्न बैंकका १३ थान चेक, दुई वटा गाडी, तीन वटा मोटरसाइकल तथा सुनका गरगहना बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका खाँलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ। उनीमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ।