पोखरा, ११ बैशाख २०८३।
पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल राज्यलक्ष्मी शाह बिहान १० बजे पोखरा आउदैछन र उनीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, चाउथेमा भव्य स्वागतको तयारी भैरहेको छ ।
कम्तीमा दुई सातासम्म पोखरामा रहने पूर्व राजा ज्ञानेन्द्र शाहले पोखरा बसाइका क्रममा विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै आफ्ना शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणिराज पाठकले जानकारी दिएका छन।
व्यक्तिगत भ्रमणको सिलसिला भनिए पनि पछिल्लो समय पूर्वराजाको जिल्ला भ्रमण र त्यहाँ हुने नागरिक अभिनन्दनलाई अर्थपूर्ण रूपमा हेर्ने गरिएको छ । पूर्वराजा शाहको पोखरा बसाइँका क्रममा हुने अन्य कार्यक्रमबारे भने सचिवालयले केही खुलाएको छैन ।
गत वर्ष पनि पूर्व राजाका दम्पती एक महिना पोखरामा बसेर विभिन्न व्यक्तिसँग भेटघाट र यहाँका प्रसिद्ध मन्दिरको पूजाआजा गरेका थिए ।
पोखरा लेकसाइडमा भर्खरै निर्माण सकिएको सोल्टी होटलमा पूर्वराजा ज्ञानेन्द्र बस्ने छन् । पोखरामा यसअघि पेनेन्सुला होटल सञ्चालन गरेका खेम ढकालले लेकसाइडमै निर्माण गरेको होटल पाँचताले होटल सोल्टी ग्रुपले व्यवस्थापन तथा सञ्चालन हेरेको छ ।