पोखरा, १० बैशाख २०८३।
प्युठानमा भारतीय तीर्थयात्री बोकेको जीप दुर्घटनाग्रस्त हुँदा एक बालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जीप प्युठानको स्वर्गद्वारी नगरपालिका वडा ४ टाकुरामा दुर्घटनाग्रस्त हुँदा एक बालकको मृत्यु भएको हो , भने २१ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार , उक्त दुर्घटनामा मृत्यु भएका बालकको पहिचान खुल्न बाँकी रहेको छ। सोही दुर्घटनामा घाइते भएका २१ जना मध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।घाइतेमध्ये ५ जना बालबालिका छन् ।
जीप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ ।