पोखराम १० बैशाख २०८३।
पोखराको नयाँबजारमा भएको दुर्घटना
पोखराको नयाँबजारमा बुधबार राती कार र बुलेट मोटरसाइकल एकापसमा ठोक्किंदा दुई जना घाइते भएका छन्।
पोखराको महेन्द्रपुलबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग १४ प १३४६ को बुलेट मोटरसाइकल र पृथ्वीचोकबाट महेन्द्रपुलतिर आउदै गरेको बा १३ च ८२२९ नम्बरको कार बुधबार राती साढे आठ बजेको समयमा पोखराको नयाँबजारमा एकापसमा ठोक्किंदा दुई जना घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर बुलेट मोटरसाइकल चालक पोखरा महानगरपालिका वडा नम्बर २० भलाम, तल्लाचौर घर भै हाल पोखरा १५ फलेपाटन बस्ने २० वर्षीय सुमित बस्नेत र सोही मोटरसाइकलको पछाडी बसेर यात्रारत पोखरा १३ माछापोखरी बस्ने १८ वर्षीया आरुषी गुरुङ घाइते भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको हाल गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।
घाइते बुलेट मोटरसाइकल चालक बस्नेतको गोडामा चोट लागेको छ र उनी बोल्न सक्ने अवस्थामा छन्। तर आरुषी गुरुङको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा चोट लागेको जानकारी आएको प्रहरीले बताएको छ।
दुर्घटनापश्चात कार चालकलाई आबश्यक अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
सुजन बस्नेतले आज जन्मदिन रहेका आफ्नो छोरा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकोमा दुख प्रकट गरे। त्यति मात्र हैन, पोखरा १५ फलेपाटनस्थित शुक्रराज बलभद्र उच्च माविको कक्षा १२ मा अध्ययनतरत सुमितले भोलिबाट शुरु हुन लागेको कक्षा १२ को परीक्षा दिने तयारीमा रहेका छन्।