सुनसरी जिल्ला अदालतबाट थुनुवा बेपत्ता

सुनसरी जिल्ला अदालतबाट थुनुवा बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ बैशाख २०८३
  • 1.3K
    Shares

पोखराम ९ बैशाख २०८३।

सुनसरी जिल्ला अदालतबाट एक जना थुनुवा बेपत्ता भएका छन्।

मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका थुनुवा तेह्रथुमको म्याङलुङ नगरपालिका–१ घर भई हाल इटहरी–२ मा डेरा गरी बस्दै आएका १९ वर्षीय सुरज खड्का मंगलबार सुनसरी जिल्ला अदालत परिसरबाट बेपत्ता भएका हुन्।

सुनसरी जिल्ला अदालतमा उपस्थित गराएर खाजा खुवाउने बेला प्रहरीको आँखा छलेर खड्का भागेको प्रहरीले जानकारी दिएको छ। खड्का चैत १६ गते इटहरीस्थित आइफोन जोनमा पसल फोडेर मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका थिए।

हाल उनको खोजीका लागि प्रहरीले व्यापक रूपमा खोजतलास तीव्र पारेको प्रहरीले बताएको छ।

प्रतिक्रिया