पोखराम ८ बैशाख २०८३।
पर्यटकीय राजधानी पोखराको पनि पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकहरुलाई दुःख हैरानी दिनेविरुद्ध कारबाही शुरु गरेको कास्की प्रहरीले आज पनि लेकसाइड क्षेत्रबाटै सोही आरोपमा तीन जना युवतीलाई समातेको छ।
पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड क्षेत्रमा रातको समयमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विभिन्न
किसिमका प्रलोभन देखाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट कार्य गर्ने तथा अनैतिक कृयाकलाप गर्ने कार्यमा संलग्न थप तीन जना युवतीहरूलाई नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ।
यस अघि कास्की प्रहरीले सोही आरोपमा १९ जना महिलालाई पक्राउ गरेको थियो । स्थानीयले दिएको सुराकीका आधारमा वैशाख ५ गते शनिबार पहिलो दिन १६ जना र मंगलबार थप ३ महिला पक्राउ गरिएको कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।