पोखरा , ६ बैशाख २०८३।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक वोहरालाई नियुक्त गरेको छ। आज बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई पार्टीको प्रवास विभागको प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
यस अघि पार्टी प्रवास बिभाग प्रमुख रहेका पार्टी उपसभापति डिपी अर्याल सभामुख निर्वाचित भएपछी सो पद रिक्त रहेको थियो।