पर्वतमा १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता : खोजीका लागि अपिल

पर्वतमा १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता : खोजीका लागि अपिल


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ बैशाख २०८३
  • 1.1K
    Shares

पोखरा , ६ बैशाख २०८३।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन्।

गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित मामाघरबाट आफ्नै घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन्।

मालढुङ्गा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौरतर्फ जान गाडीमा चढेको देखिए पनि त्यसपछि उनी सम्पर्कमा आएकी छैनन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विजय यादवका अनुसार बेपत्ता किशोरीको खोजीकार्य तीव्र पारिएको छ र हुलियासहित मातहतका सबै प्रहरी युनिटलाई सक्रिय बनाइएको छ।

स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार, किशोरी पातीचौरमा नझरी हेमजा स्थित मिलनचोकमा झरेको जानकारी प्राप्त भएको छ, जुन झर्नुपर्ने स्थानभन्दा करिब ३५ किलोमिटर अगाडि पर्छ। त्यसपछिको अवस्था भने अज्ञात रहेको छ।

किशोरी देउपुरस्थित जननेत्र माध्यमिक विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा भर्ना हुने तयारीमा रहेको बताइएको छ। प्रहरीले सर्वसाधारणलाई कुनै सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ।

प्रतिक्रिया