पोखरा , ६ बैशाख २०८३।
इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरिदिएको छ।
इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहेको र अमेरिकाले वार्ताका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै इरानले शुक्रबार मात्रै खोलिएको सो समुद्री मार्ग पुनः बन्द गरिदिएको हाे।
इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै होर्मुज स्ट्रेट अब पूर्ण रूपमा इरानी सेनाको नियन्त्रणमा रहने र जहाजहरूको आवतजावत ठप्प पारिने जनाएको छ।
‘जबसम्म अमेरिका इरानबाट आउने–जाने जहाजहरूलाई पूर्ण स्वतन्त्रता दिँदैन, स्ट्रेट अफ हर्मुज कडा नियन्त्रणमै रहनेछ,’ विज्ञप्तिमा भनिएको छ।
यसैबीच, आईआरजीसीले अमेरिका, इसराइल र संयुक्त अधिराज्यसँग सम्बन्धित जासुसी सञ्जालहरू विघटन गरेको दाबी गरेको छ।
ती समूहहरू पूर्वी अजरबैजान, केरमान र माजन्दरान प्रान्तमा सक्रिय रहेको र जासुसी तथा अशान्ति फैलाउने उद्देश्य रहेको जनाइएको छ।