सल्यानमा जन्ती बोकेको जिप दुर्घटना अपडेट : चार जनाको मृत्यु, १४ घाइते

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना अपडेट : चार जनाको मृत्यु, १४ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ बैशाख २०८३
  • 1.4K
    Shares

पोखरा , ६ बैशाख २०८३।

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।

जिल्लाको बनगाड कुपिण्डे-१२ धाइरेमा शनिबार साँझ साढे ५ बजे भएको जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको हो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका ३० वर्षीय  मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा मृत्यु भएसंगै मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जानकारी दिएको छ। यस अघि सोही दुर्घटनामा परेर थाराकै वर्ष ५२ का टोपबहादुर थापा, ५२ वर्षकै ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुनको घटनास्थलमै मृत्यु भएको थियो । 

बनगाड कुपिण्डे नगरपालिका-८ थाराबाट कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरतिर जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको उक्त दुर्घटनामा गम्भीर घाइते भएका सबैलाई तत्काल उद्धार गरेर सुर्खेतको मेहलकुना अस्पताल लगिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए। उनका अनुसार घाइते १४ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ। 

जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो। जिप बनगाड कुपिण्डे८ निवासी ३८ वर्षीय कुलबहादुर रानाले चलाएका थिए।

गम्भीर घाइतेहरूमा अम्मर सिंह कुँवर, डम्मर घर्ती, जनक थापा, भुपेन्द्र कुँवर, भुलबहादुर थापा, जुगसिंह पुन र चालक कुलबहादुर राना छन्। 

त्यसैगरी अम्मर पुन, नरसिङ थापा, प्रेमबहादुर घर्ती, नरबहादुर थापा, कर्णबहादुर थापा, लालबहादुर घर्ती र १५ वर्षीय तिलक थापाको अवस्था मध्यम छ।

सल्यान दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचा खुल्यो

१. जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा. ८ बस्ने बर्ष ३० को मन बहादुर थापाको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।

२. ऐ.ऐ. बस्ने बर्ष ६४ को अम्मर सिहं कँवरको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश

३. ऐ.ऐ. बस्ने बर्ष २७ को डम्मर घर्तीको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।

४. ऐ.ऐ. बस्ने बर्ष ३० को जनक थापा शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।

५. ऐ.ऐ. बस्ने बर्ष ४९ को भुपेन्द्र कँवर शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।

६. ऐ.ऐ. बस्ने बर्ष ३० को भुल बहादुर थापाको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।

७. ऐ.ऐ. बस्ने बर्ष ५६ को जुग सिहं पुनको शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।

८. ऐ.ऐ. बस्ने बर्ष ३८ को अम्मर पुनको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।

९. ऐ.ऐ. बस्ने बर्ष २८ को नरसिङ थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।

१०. ऐ.ऐ. बस्ने बर्ष २५ को प्रेम बहादुर घर्तिको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।

११. ऐ.ऐ. बस्ने बर्ष २५ को नर ब. थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।

१३. ऐ.ऐ. बस्ने बर्ष ४५ को लाल ब. घर्तीको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।

१४. ऐ.ऐ. बस्ने बर्ष १५ को तिलक थापाको शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम ।

१५ . ऐ.ऐ. बस्ने चालक बर्ष ३८ को कुल बहादुर राना शरिरको विभिन्न भागमा चोट अवस्था सिरियश ।

स्रोत : जिल्ला प्रहरी कार्यालय सल्यान

प्रतिक्रिया