विराटनगरमा धर्मप्रचारकको आरोपमा ६ जना सिंगापुरका नागरिक पक्राउ

विराटनगरमा धर्मप्रचारकको आरोपमा ६ जना सिंगापुरका नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ बैशाख २०८३
  • 1.1K
    Shares

पोखरा , ६ बैशाख २०८३।

विराटनगरमा धर्मप्रचारकको आरोपमा ६ जना सिंगापुरका नागरिक पक्राउ परेका छन्।

भिजिट भिषामा नेपाल आएर धर्मप्रचारमा संलग्न रहेको आरोपमा विराटनगरमा ६ जना सिंगापुरका नागरिक पक्राउ परेका हुन्।

विराटनगर–१२ स्थित एक होटलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रममा सहभागी भइरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सोधपुछका क्रममा उनीहरू भिजिट भिषामा आएको खुलेपछि गैरकानुनी गतिविधिमा संलग्न भएको आशंकामा कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।

पक्राउ पर्नेहरू सिंगापुरका नागरिक रहेको बताइएको छ। उनीहरूसँगै केही नेपाली र अन्य सहभागीहरू पनि कार्यक्रममा उपस्थित थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया