मोरङको धार्मिक बनमा स्थानीयका आठ वटा खसी मृत भेटिए : बिषालु खानेकुरा राखेर मारिएको आशंका

मोरङको धार्मिक बनमा स्थानीयका आठ वटा खसी मृत भेटिए : बिषालु खानेकुरा राखेर मारिएको आशंका


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ चैत्र २०८२
  • 4.2K
    Shares

पोखरा , २७ चैत २०८२।

मोरङको बेलबारी ३ मा रहेको खबतरी बस्नेत धार्मिक स्थल (बन क्षेत्र ) मा स्थानीयका ८ वटा खसी मृत भेटिएका छन ।

बेलबारी ४ का स्थानीय किसानहरुले चरणका लागि छोडेका खसीहरु बिहिबार बन क्षेत्रभित्र मृत अबस्थामा भेटिएका हुन्।

यसैबीच पिडित किसानहरुले बन क्षेत्रमा बिषालु खानेकुरा राखेर खसीहरु मारिएको आशंका गर्दै उनीहरुले घटना छानबिनको माग गरेका छन ।

सोही घटनाका बिषयमा बेलबारी वडा नम्बर ४ का अध्यक्ष चन्द्र लिम्बुले घटनाबारे किसानहरुले आफुलाई जानकारी गराएको र जनप्रतिनिधि त्यहाँ गएर बुझिसकेको र थप छलफल पछि बिस्तृत कुराहरु बाहिर आउने जानकारी दिएका छन ।

प्रतिक्रिया