एजेन्सी । भारतीय बक्स अफिसमा करिब १५ सय करोड भन्दा माथिको व्यापार गर्न सफल भएको फिल्म ‘बाहुबली २’ का अभिनेता प्रभासले विवाह गर्ने भएका छन् ।
बाहुबलीको कामले गर्दा पाँच वर्षसम्म ६ हजार विवाह प्रस्तावलाई अस्वीकार गरेका प्रभासले बाहुबली अभिनेत्री अनुष्का शेटेटीसँग विवाह गर्ने भएका छन् । अनुष्काले पनि प्रभाससँग विवाह गर्नकै लागि दुई वर्षसम्म आफ्नो विवाह रोकेको भारतीय मिडियाले जनाएको छ । प्रभास उनले पनि आफूजस्तै फिल्ममा पूर्ण रुपमा ध्यान दिउन् भन्ने चाहन्थे ।