पोखरा , २६ चैत २०८२।
अहिले दोश्रो बिबाह गरेर तीन वर्षीया छोरी हुर्काई रहेकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री अहिले पनि एकल जीवन बिताई रहेकी थिइन्। पोखरा महानगरपालिका-५, जीरोकिलोका मासु पसल तथा रेष्टुरेण्ट व्यवसायीसँग दोश्रो विवाह गरेकी उनले छोरी जन्माएकै वर्ष दोश्रो पतिले पनि यस संसार छाडेर गएपछि उनी नाबालिका छोरी हुर्काइ एकल जीवन बिताई रहेकी थिइन्।
उनै सिर्जना पौडेल क्षेत्रीलाई बुधबार साँझ सात बजे पोखराको सिर्जनाचोक नजिक हल्लनचोक जाने बस कुरिरहेका बेला मोटरसाइकलमा आएका युवाहरुले पछाडिबाट टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरे। उनकी तीन वर्षीया अबोध छोरी यतिबेला टुहुरी बनेकी छिन्।
उनको हत्या कसले किन गरेको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको र हालसम्म कोहि कसैलाई पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए। तर पारिवारिक किचालोककरण सिर्जनाको हर्या भएको हो कि भन्ने आशंका प्रहरीले गरेको छ।
प्राप्त विवरण अनुसार , पोखराको जिरोकिलोमा मासु पसल तथा रेष्टुरेण्ट व्यवसाय गर्दै आएका खसी किन्ने किस्नेको नामले परिचित कृष्ण क्षेत्रीले आफ्नो पहिलो पत्नीको निधन भएपछि पहिलो श्रीमानको मृत्यु भएपश्चात एकल जीवन बिताइरहेकी सिर्जनासंग दोश्रो बिबाह गरेका थिए।
श्रीमान-श्रीमती दुबैको दोश्रो बिबाह थियो। तैपनि उनीहरुको जीवन सोचे जस्तो सहज भएन। जेठी श्रीमती तर्फका सन्तानबाट उनीहरुसंग बादबिबाद र झैं-झगडा हुन थाल्यो। त्यही भएर उनीहरुले फेवाताल किनारा सेदीमा घर बनाएर बस्दै आएका थिए ।
कृष्णसँग विवाह भएपछि जन्मिएकी छोरी अहिले तीन वर्षकी छन् । छोरी जन्मिएकै वर्ष कृष्णको नि’धन भयो । त्यसपछि सिर्जना सेदीको घरमा छोरी स्याहारेर एक्लै बस्दै आएकी थिइन् । जेठीतर्फका छोरा लागुऔष’ध मु’द्दामा जिल्ला कारागार, कास्कीमा कै’द छन् ।
जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार बुधबार साँझ उनलाई टाउकोमा ह’तियार प्र’हार गर्ने व्यक्ति उनी चिच्याएर ल’डेसँगै भागेका थिए । सीसीटीभी फुटेजको अध्ययनमा स्कुटीमा भागेजस्तो देखिन्छ । उनी शिवालयतिर भागेको देखिन्छ । शिवालय लेकसाइडतिर जाने बाटो हो । ती सबै ठाउँमा सीसीटीभी जडान भएका कारण व्यक्ति पहिचान सहज हुने प्रहरीको अनुमान छ ।
प्रहरीलाई प्राप्त सूचनाअनुसार घरासयी सामान किनमेलका लागि सिर्जना बजार निस्किएकी थिइन् । फर्किनका लागि गाडी पर्खिरहँदा उनीमाथि धा’रिलो ह’तियार प्रहार भएको हो । विवाह गरेर केसी परिवारमा भित्रिएदेखि नै सिर्जनाले पारिवारिक कि’चलो झेलेकी थिइन् ।
पत्नीका लागि सेदीमा घर बनाइदिएका विषयमा कृष्णको परिवारभित्र वि!वाद हुँदै आएको थियो । उक्त जग्गामा उनको परिवारका अन्य सदस्यले पनि आँखा लगाएको पारिवारिकस्रोतले जनाएको छ । त्यसैले सम्पतिका लागि उनीमाथि आ!क्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
‘मानिस प’क्राउ नपरी अहिले केही भन्न सकिँदैन’, डीएसपी बस्नेतले भने । घ!टनाको प्रकृति हेर्दा कुनै किसिमको वादवि*वाद र झैँ’झ*गडा भएको देखिँदैन। कुनै पुरानो कारणले घ*टना भएको अनुमान प्रहरीले गरेको छ ।