पाकिस्तानको पहलमा अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम

पाकिस्तानको पहलमा अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम


  • एजेन्सीहरु
  • बुधबार, २५ चैत्र २०८२
  • 2K
    Shares

पोखरा , २५ चैत २०८२।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ताका लागि युद्धविराम गरिएको घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्ने सर्तमा दुई हप्ताका लागि म बम विस्फोट र आक्रमण स्थगन गर्न सहमत भएको छु।’

ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो। 

उनले भनेका छन्, ‘हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ। दुई देशबिचका सबै विवादास्पद मुद्दामा सहमति भएको छ। सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न अर्को दुई हप्ता आवश्यक हुनेछ।’

प्रतिक्रिया