कपिलवस्तुमा ड्युटीमै रहेका सशस्त्र बरिष्ठ हवल्दार चौधरी कुटिए : गाउँपालिकाका उपाध्यक्ष चौधरी पक्राउ

कपिलवस्तुमा ड्युटीमै रहेका सशस्त्र बरिष्ठ हवल्दार चौधरी कुटिए : गाउँपालिकाका उपाध्यक्ष चौधरी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २४ चैत्र २०८२
  • 2.1K
    Shares

पोखरा , २४ चैत २०८२।

कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी पक्राउ परेका छन्।

सशस्त्र प्रहरीको कपिलबस्तुको शुद्धोदन गाउँपालिका–५ स्थित चेकपोस्टमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार भीमबहादुर चौधरीमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष चौधरी पक्राउ परेका हुन्।

स्थानीयका अनुसार उपाध्यक्षका भाइको जेसीबीका सामान ल्याउने क्रममा प्रहरीले शुद्धोदन गाउँपालिका–५ स्थित चेकपोस्टमा रोकेको थियो । सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा उपाध्यक्ष चौधरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि बर्दीमै कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले जानकारी दिए।

प्रतिक्रिया