बन्दुक बोक्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिदै वैद्यले भने केन्द्रसँग एकता हुदैन

बन्दुक बोक्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिदै वैद्यले भने केन्द्रसँग एकता हुदैन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ असार २०७३
  • 12K
    Shares

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले क्रान्तिको बाटो लामो र कठिन रहेको भन्दै  बन्दुक बोक्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन्  । काठमाडौमा सुरु भएको राष्ट्रिय भेलाको उदघाटन गर्दै उनले राष्ट्रिय स्वाधिनताको रक्षा र जनजीविकाका समस्या समाधान गर्न नयाँ जनवादी क्रान्ति आवश्यक रहेको भन्दै त्यसका लागि तयारी गरेर बन्दुक उठाउने समेत उदघोष  गरे   ।

उनले  जनवादी क्रान्तिविना जनताको जीवनमा परिवर्तन नआउने भन्दै त्यसका लागि पार्टीले बन्दुक उठाउने गरी कार्यदिशालाई समृद्ध पार्ने बताए । अध्यक्ष वैद्यले नेकपा (माओवादी केन्द्र)सँग एकता हुन नसक्ने समेत  बताए ।उनले  माओवादी दलहरुसँग कथित एकताका नाममा आफ्नो विचार, पार्टी र बचेको क्रान्तिकारी धारलाई ध्वस्त पार्न खोजिएको आरोप लगाए ।

 

प्रतिक्रिया