रास्वपाका सहमहामन्त्री अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रास्वपाका सहमहामन्त्री अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० चैत्र २०८२
  • 5.1K
    Shares

पोखरा , २० चैत २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सुर्खेतको चौकुने गाउँपालिका–५, स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले सामुदायिक वनको रकम निर्णय बिनै खर्च गरेको अभियोगमा वनका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य हरिप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले एक लेखापरीक्षकका विरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन वन समितिका सदस्य अधिकारी रास्वपा कर्णाली प्रदेशका प्रवक्तासमेत हुन् । उनीहरूको आपसी मिलेमतोमा आर्थिक वर्ष २०७०-०७१ देखि २०७५-०७६ सम्मको लेखापरीक्षण प्रतिवेदन आम्दानी र खर्चको विवरणबाट कार्ययोजना नबनाई उपभोक्ता समितिको निर्णय बिना आर्थिक हानी नोक्सानी गरेको आरोप अख्तियारले लगाएको छ ।

प्रतिक्रिया