लेबनानमा बिष्फोट : दुई जना शान्ति सैनिकको मृत्यु, एक जना घाइते

लेबनानमा बिष्फोट : दुई जना शान्ति सैनिकको मृत्यु, एक जना घाइते


  • एजेन्सीहरु
  • मंगलबार, १७ चैत्र २०८२
  • 2.7K
    Shares

पोखरा , १७ चैत २०८२।

दक्षिण लेबनानमा संयुक्त राष्ट्र संघका शान्ति सैनिकमाथि फेरि घातक हमला हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

लेबनानका लागि संयुक्त राष्ट्र संघ अन्तरिम शान्ति सेना (युनिफिल)का अनुसार दक्षिणी लेबनानको बानी हय्यान गाउँ नजिकै सोमबार भएको विष्फोट हुँदा दुई जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । सो बिस्फोटमा परेर शान्ति सैनिक सवार गाडी क्षतिग्रस्त भएको छ ।

सोमबार भएको यो पछिल्लो विस्फोटमा दुई शान्ति सैनिकको ज्यान गएको र एक जना घाइते भएको युनिफिलले सामाजिक सन्जालमार्फत् जानकारी दिएको छ । ‘शान्तिको सेवामा खटिँदा कसैले पनि ज्यान गुमाउन नपरोस्,’ उसले लेखेको छ ।

उक्त आक्रमणमा परी मृत्यु हुने दुई जनामध्ये एक जना इन्डोनेसियाका सैनिक रहेको पुष्टि भएको छ । इन्डोनेसियाको विदेश मन्त्रालयले मृतक शान्ति सैनिक आफ्नै नागरिक भएको जनाएको हो । सो आक्रमणमा अन्य तीन इन्डोनेसियाली शान्ति सैनिक घाइते भएको मन्त्रालयले जनाएको छ ।

इन्डोनेसिया सरकारले घटनाको निन्दा गर्दै निष्पक्ष र पारदर्शी अनुसन्धानको माग गरेको छ । इन्डोनेसियाले दक्षिण लेबनानमा इजरायलले आक्रमण गरेको आरोप लगाएको छ । लेबनानको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न, नागरिक संरचना र पूर्वाधारमाथि आक्रमण रोक्न तथा संवादमार्फत तनाव घटाउन आह्वान समेत गरेको छ ।

प्रतिक्रिया