पेरुको सीमा नजिकै कोलम्बियाली वायुसेनाको विमान दुर्घटना : ९० जनाको मृत्यु, २० जना गम्भीर घाइते

पेरुको सीमा नजिकै कोलम्बियाली वायुसेनाको विमान दुर्घटना : ९० जनाको मृत्यु, २० जना गम्भीर घाइते


  • एजेन्सीहरु
  • मंगलबार, १० चैत्र २०८२
  • 1.9K
    Shares

पोखरा, १० चैत २०८२।

कोलम्बियाली वायुसेनाको एउटा विमान पेरुको सीमा नजिकै देशको दक्षिण–पश्चिमी क्षेत्र पुएर्टो लेगुइजामोमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते भएका छन्।

सैन्य अधिकारी र उनीहरूका परिवारका सदस्यहरू सवार उक्त बिमान अवतरणका क्रममा दुर्घटनामा परेको कोलम्बियाली रक्षा मन्त्रालयका उच्च अधिकारीहरूलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कोलम्बियाका रक्षा मन्त्रीले घटनाको पुष्टि गर्दै यसबाट राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन्। समाचार एजेन्सी एएफपीका अनुसार विमानमा प्राविधिक समस्या देखिएको वा प्रतिकूल मौसमका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।

सीएनएनकाअनुसार, विमान ठोक्किएपछि भीषण आगलागी भएको थियो, जसका कारण उद्धार कार्यमा कठिनाइ भइरहेछ। घटनास्थल घना जंगल र दुर्गम भूगोलमा पर्ने भएकाले घाइतेहरूलाई सुरक्षित स्थानमा लैजान हेलिकप्टरको प्रयोग गरिएको छ।

यो दुर्घटना कोलम्बियाको पछिल्लो दशककै सबैभन्दा ठूलो सैन्य हवाई दुर्घटना मानिएको छ। यसअघि पनि दुर्गम क्षेत्रमा सैन्य विमानहरू दुर्घटनामा पर्ने गरे पनि यति ठूलो संख्यामा मानवीय क्षति भएको यो पहिलो घटना हो।

प्रतिक्रिया