४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न ट्रम्पको इरानलाई चेतावनी

४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न ट्रम्पको इरानलाई चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ८ चैत्र २०८२
  • 3.6K
    Shares

पोखरा, ८ चैत २०८२।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न कडा चेतावनी दिएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै त्यस्तो चेतावनी दिएका हुन।

राष्ट्रपति ट्रम्पलेयदि इरानले समयसीमाभित्र होर्मुज जलडमरूमेध्य नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गर्ने धम्की दिएका छन् ।

ट्रम्पले भनेका छन् ‘अमेरिका इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण सुरु गर्दै क्रमशः अन्य ऊर्जा संरचना पनि नष्ट गर्नेछ ।’

यसैबीच होर्मुज स्ट्रेटमा व्यापारिक जहाजमा गरिएको आक्रमणविरुद्ध २२ वटा देशहरुले बिरोध गरेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को विदेश मन्त्रालयमार्फत सार्वजनिक भएको उक्त प्रेस बिज्ञप्तिमा यूएई, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्युजिल्यान्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्विडेन, फिनल्यान्ड, चेक रिपब्लिक, रोमानिया, बहराइन, लिथुआनिया र अस्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन्। 

संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हामी इरानद्वारा हालै गरिएका आक्रमणको कडा निन्दा गर्छौं। आक्रमण निहत्था व्यापारी जहाजहरूविरुद्ध गरिएको छ। साथै तेल र ग्यास पूर्वाधारसहित नागरिक संरचनामा पनि आक्रमण गरिएको छ। इरानी सेनाले होर्मुज स्ट्रेटलाई लगभग बन्द गरिसकेका छन्।’

‘समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त हो, जसमा समुद्री कानुनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पनि समावेश छ। इरानको आक्रमणले विश्वभरका मानिसलाई, विशेषगरी पहिले नै कमजोर भएकाहरूलाई असर गर्नेछ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हामी सुरक्षित मार्ग सुनिश्चित गर्न आवश्यक प्रयासमा योगदान गर्न तयार छौँ। हामी यस दिशामा योजना बनाइरहेका देशहरूलाई स्वागत गर्दछौँ।’

प्रतिक्रिया