पोखरा ,४ चैत २०८२।
अबैध लागू औषध ब्राउनसुगर बिक्रि वितरण गरेको आरोपमा पोखराबाट एक जना युवा समातिएका छन्।
तनहुँ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १० रामघाट बस्ने वर्ष २० को शिव गिरी अबैध लागू औषध ब्राउनसुगर बिक्रि वितरण गरेको आरोपमा पोखराबाट समातिएका हुन्।
गिरीलाई जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिई गएको प्रहरी टोलीले गएको सोमबार राती पौने १० बजे रामघाटबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। अभियुक्त गिरीको साथबाट आठ ग्राम १५ मिलिग्राम ब्राउनसुगर र एक थान मोवाईल समेत
बरामद भएको प्रहरीले दाबी गरेको छ।
अभियुक्त गिरीबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।