पोखरा , ३ चैत २०८२।
बाजुरामा बाबुछोरा मिलेर छिमेकीको हत्या गरेका छन्। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजले स्थानीय ३५ वर्षीय सर्वाश बुढाको हत्या गरेका हुन्।
पुरानो बिबादका बिषयमा उनीहरु बीच सोमबार साँझ साढे छ बजेको समयमा कुटाकुट भएको र त्यही बिचमा उनीहरुले सर्वाश बुढाको टाउकोमा ढुंगाले हानेर हत्या गरेको अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीले जानकारी दिए ।
उक्त घटना पछि धनबहादुर महतरालाई नियन्त्रणमा लिएको र उनका छोरा हेमराज फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ ।