पोखरा , २ चैत २०८२।
तनहुँको भिमादमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
रिठ्ठाभञ्ज्याङ-सेराबेंशी मोटर मार्गमा बुचाखानीबाट निर्माण सामाग्री लिएर ठकुरी थरतर्फ जाँदै गरेको लु.३ त ३०२६ नम्बरको ट्याक्टर भिमाद नगरपालिका-९ अस्पाक्दीमा ट्याक्टर चालकले नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन्।
उक्त दुर्घटनामा कपिलबस्तु शिवराज नगरपालिका- १ चैनपुर घर भएको ४५ वर्षीय माइला भन्ने लड्डु थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टर चालक तनहुँको म्याग्दे गाउँपालिका-५ थाङपाटन बस्ने ३२ वर्षीय अनिल कुमाल, कपिलबस्तुकै शिवराज नपा. १ सहजनेपाल घर भएका ५० वर्षीय नारायण पुन र ५१ वर्षीय दुर्गा बहादुर पुन घाइते भएका छन्।
कुमाल र नारायण पुनलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको छ भने दुर्गाबहादुर पुनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। फाइल चित्र