पोखरा,३० फागुन २०८२।
गएको चुनाबदेखि बेपत्ता रहेका सिन्धुपाल्चोकका एक युवा उनकै घरमा हत्या गरिएको अवस्थामा भेटिएका छन्। सिन्धुपाल्चोक,बलेफी-७ चिम्लिङका अन्दाजी वर्ष ३५ का तीर्थ नाम गरेका युवा तालाबन्द गरिएको स्थानीय एक घरमा हत्या गरिएको अवस्थामा भेटिएका हुन्।
तालाबन्द गरिएको स्थानीय एक घरभित्रबाट मान्छे मरेको जस्तो दुर्गन्ध आएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले ती युवाको शब नग्न र सडे गलेको अवस्थामा भेट्टाएको प्राप्त समाचारमा जनाइएको छ। उनी गएको चुनाब गाउँघरमा नदेखिएको स्थानीय बासिन्दाहरुले बताएका छन्।
उनलाई चुनाबको बेला कुटपिट गरेपछि हत्या गरेर उक्त घरकोठामा ल्याएर भित्र छाडी बाहिरबाट तालाबन्द गरिएको हुनसक्ने आशंका गरिएको छ।