रोल्पामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन जना घाइते  

रोल्पामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, तीन जना घाइते  


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० फाल्गुन २०८२
  • 3.4K
    Shares

पोखरा,३० फागुन २०८२।

रोल्पामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्। 

जिल्लाको रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनमा गहिरो र सुरुङजस्तो खाल्डोमा घर पोत्ने माटो खन्दैगर्दा ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–७ खाक्सीवनकी ४९ वर्षीया निर्मला बुढाथोकी रहेकी इलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ।  यसैगरी २८ वर्षीय एलिना पुन, ३८ वर्षीया शान्ति पुन र ४९ वर्षीया पार्वती पुन घाइते भएका छन्। उनीहरूको तीनै जना घाइतेकाे होलेरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रतिक्रिया