कञ्चनपुरमा विवाह भएको दुई सातामै एक नवविवाहिता युवती मृत भेटिइन्

कञ्चनपुरमा विवाह भएको दुई सातामै एक नवविवाहिता युवती मृत भेटिइन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० फाल्गुन २०८२
  • 4.9K
    Shares

पोखरा,३० फागुन २०८२।

कञ्चनपुरमा विवाह भएको दुई सातामै एक नवविवाहिता युवती आफ्नै कोठामा मृत भेटिएकी छिन्।

कृष्णपुर नगरपालिका–७ मटैयाकटानका २९ वर्षीय भीम धामीसँग गएको फागुन १४ गते मागी विवाह गरेकी शुक्लाफाँटा नगरपालिका–७ कालापानीकी २२ वर्षीया विन्दु धामी आज मृत भेटिएकी हुन्। विन्दु कक्षा १२ मा अध्ययन गर्दै ब्युटी पार्लरको तालिम पनि लिइरहेकी थिइन्।

मृतक बिन्दुकी हजुरआमा तारा धामीले विवाहको खुशी मनाउन नपाउँदै नातिनीको शंकास्पद मृत्यु भएको बताइन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन्।

माइती पक्षका अनुसार कुटुम्ब आएपछि परम्पराअनुसार विवाह गरिएको थियो। तर विवाह भएको छोटो समयमै मृत फेला परेको घटनामा श्रीमानमाथि शंका लागेको उनीहरूको भनाइ छ।

मृतकका हजुरबुबा प्रेमसिंह धामीले घटनालाई रहस्यमय बताएका छन्। उनले नातिनीको शरीरमा रगत देखिएको भन्दै घटना शंकास्पद रहेको बताए।

इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। शवको पोस्टमार्टम भइसकेको र यसको रिपोर्ट आइतबारसम्म आउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया