तीब्र गतिको भारतीय स्कारपियोले सिरहामा जन्तीहरुलाई ठक्कर दिंदा एक जन्तीको मृत्यु , ११ जना घाइते

तीब्र गतिको भारतीय स्कारपियोले सिरहामा जन्तीहरुलाई ठक्कर दिंदा एक जन्तीको मृत्यु , ११ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० फाल्गुन २०८२
  • 2.8K
    Shares

पोखरा,३० फागुन २०८२।

सिरहामा तीब्र गतिको भारतीय नम्बर प्लेट भएको स्कर्पियो गाडीले जन्तीहरुलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

सिरहाको बरहथवाबाट तीब्र गतिमा सितापुरतर्फ जाँदै गरेको  तीब्र गतिको DL9CZO777 नम्बरको भारतीय नम्बर प्लेटको स्करपियोले शुक्रबार साँझ करिब ७ बजे बरहथवा नगरपालिका–१० सितापुरमा बिबाहमा सहभागी जन्तीहरुलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो भने ११ जना घाइते भएका हुन्।

विवाहमा सहभागी जन्तीलाई ठक्कर दिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले रातोपाटीलाई बताए ।

उक्त स्कर्पियो गाडीको ठक्करबाट गम्भीर घाइते भएका बरहथवा नगरपालिका–९ का करिब ५० वर्षीय नारायण जर्गामगरलाई तत्काल उद्धार गरेर उपचारका लागि नगर अस्पताल बरहथवा लगिएकोमा उपचारकै क्रममा साँझ करिब ८ बजे मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए।

प्रहरीका अनुसार , दुर्घटनामा रौतहट र सर्लाहीका ११ जना घाइते भएका छन् । घाइतेमध्ये रौतहटको दोस्तिया पिपरिया बस्ने ७० वर्षीय कमल पटेलको टाउकोमा गम्भीर चोट लागेको छ भने गढीमाई नगरपालिका–११ की ४५ वर्षीया बन्धना पटेल बेहोस अवस्थामा उपचाररत छिन्।

त्यसैगरी, बरहथवा–१० का रुपेश मण्डल (१८), प्रतिमा कुमारी पटेल (१५), दिलिप राय (१९), चन्दन पासवान (२३), दीपिका जैसवाल (१२), रामजी राय (२०), मुकेश राउत (२३), रामनारायण ठाकुर (५५) र गुलाबकुमारी मण्डल (४५) पनि घाइते भएका छन् ।

घाइतेहरूको बरहथवास्थित हनुमन्त नगर तथा एडभान्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरीले स्कारपियो गाडी र चालक बरहथवा नगरपालिका–१२ लौकठका नरेश ठाकुरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया