उड्दा उडदै आकाशमै इन्धन भर्नसक्ने अमेरिकी बायुसेनाको जेट इराकमा दुर्घटनाग्रस्त

उड्दा उडदै आकाशमै इन्धन भर्नसक्ने अमेरिकी बायुसेनाको जेट इराकमा दुर्घटनाग्रस्त


  • जन संचार
  • शुक्रबार, २९ फाल्गुन २०८२
  • 4.6K
    Shares

पोखरा,२९ फागुन २०८२।

 पश्चिमी इराकमा अमेरिकी वायुसेनाको एक इन्धन बोक्ने (रिफ्युलिङ) विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेन्ट्रल कमान्डले दिएको जानकारी अनुसार केसी–१३५ स्ट्राटो ट्याङ्कर विमान दुर्घटनामा परेको हो । उक्त घटनामा दुई वटा विमानहरू संलग्न रहेकोमा दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ ।

अमेरिकी सैन्य अधिकारीहरूले यो दुर्घटना कुनै आक्रमण वा ‘फ्रेन्ड्ली फायर’ का कारण नभएको स्पष्ट पारेका छन् । घटना लगत्तै दुर्घटनास्थलमा तीव्र रूपमा उद्धार कार्य अघि बढाइएको छ । यद्यपि, विमानमा कति जना चालक दलका सदस्यहरू सवार थिए र उनीहरूको अवस्था के छ भन्नेबारे आधिकारिक रूपमा केही खुलाइएको छैन ।

प्रतिक्रिया