माटोमा गाडिएको अवस्थामा भेटियो नवलपरासीमा पेस्तोल

माटोमा गाडिएको अवस्थामा भेटियो नवलपरासीमा पेस्तोल


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २८ फाल्गुन २०८२
  • 3.4K
    Shares

माटोमा गाडिएको अवस्थामा भेटिएको पेस्तोल

पोखरा,२८ फागुन २०८२।

माटोमा गाडिएको अवस्थामा नवलपरासीमा एउटा पेस्तोल भेटिएको छ।

माटोमा गाडिएको अवस्थामा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ५ मा एक थान पेस्तोल भेटिएको हो।

प्रतापपुर ५ छोटकी बैदौली बस्ने वर्ष २८ का सराजोद्दिन अन्सारीको खेतमा रहेको बाँसको जरा खन्ने क्रममा पुरानो खिया लागेको नल कटुवा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिए ।

खिया लागेको जिर्ण पेस्तोल फेला परेपछि ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहीयाका प्रहरी जनशक्ति पेस्तोल गाडेको स्थानमा पुगेको थियो । सिमावर्ती क्षेत्रमा जमिनमुनि गाडिएको पेस्तोल भेटिएपछि त्यसको मुचुल्का तयार पारी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

जमिनमा गाडिएको पेस्तोल फेला परेपछि अन्य अवैध हतियारको अवस्थाको बारे पनि सिमाक्षेत्रमा चिन्ता र चासो बढेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया