पोखरा,२७ फागुन २०८२।
रुकुम पश्चिममा विवाह खान गएका एकै घरका दिदिबहिनी मृ’त भेटिएका छन् भने अर्की एक जना बेप’त्ता रहेकी छिन्।
सोमबार मुसिकोट नगरपालिका–१ भलखोलामा विवाह खान भन्दै घरबाट निस्किएका बाफिकोट गाउँपालिका–३ स्थित एकैघरका दिदीबहिनी बाफिकोट गाउँपालिका–३ को भाम्ले क्षेत्रमा पर्ने सानो भेरी नदीमा मृ’त भेटिएका हुन् भने अर्की एक जना बेप’त्ता रहेकी हुन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरी पुनका अनुसार मृत फेला पर्नेमा बाफिकोट गाउँपालिका–३ की १४ वर्षीया उर्मिला ओली र उनकी १२ वर्षीया बहिनी कल्पना ओली रहेका छन्। उनीहरू बाफिकोट गाउँपालिका–३ को भाम्ले क्षेत्रमा पर्ने सानो भेरी नदीमा मृ’त अवस्थामा फेला परेका हुन्।
उनीहरुसंगै बिबाह खान गएकी १२ वर्षीया सपना ओली अझै बेप’त्ता रहेकी छन् र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीनै जना सोमबार मुसिकोट नगरपालिका–१ भलखोलामा विवाह खान भन्दै घरबाट निस्किएका थिए।प्रारम्भिक अनुमान अनुसार खोला तर्ने क्रममा बगेको हुन सक्ने बताइएको छ। यद्यपि घटनाको वास्तविक कारण अनु’सन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ। सांकेतिक चित्र