सुनसरी १ बाट हर्क साम्पाङ विजयी

सुनसरी १ बाट हर्क साम्पाङ विजयी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २४ फाल्गुन २०८२
  • 3.5K
    Shares

पोखरा,२४ फागुन २०८२।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी १ बाट विजयी भएका छन् ।

उनी ८ हजार ४ सय ९२ मतान्तरले विजयी भएका हुन् । साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छिन् । साङपाङ धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।

सुनसरी क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाएका छन् भने नेकपाका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेका छन् ।

साम्पाङले जेन्जी आन्दोलन पछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गरेका थिए । पार्टी दर्ता भएको केही महिनामै उनको पार्टीले प्रत्यक्ष तर्फ दुई सिट जितेको छ । सो पार्टीका महासचिव आरेन राई खोटाङबाट विजयी भएका छन् ।

प्रतिक्रिया