पोखरा,२२ फागुन २०८२।
भारतीय वायुसेना (IAF) को सुखोई विमान (Su-30 MKI) लडाकु विमान बिहीबार आसामको कार्बी आङ्लोङ जिल्लामा दुर्घटनाग्रस्त भएको छ। प्रशिक्षण अभियानमा रहेको सुखोई विमान जोरहाटबाट लगभग ६० किलोमिटर टाढा कार्बी आङ्लोङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय वायुसेनाले एक संक्षिप्त विज्ञप्तिमा जनाएको छ। दुर्घटनाग्रस्त विमानको खोजी कार्य भइरहेको र विमानका पाइलटहरूको बारेमा कुनै जानकारी न्हेको भारतीय वायुसेनाले बताएको छ।