पोखरा, १८ फागुन २०८२।
पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुङ्गामा महिलामाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन्।
फागुन १५ गते दिउँसो चिप्लेढुङ्गास्थित पार्किङ स्थलमा दुई जना महिलामाथि एक युवाले अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने युवा बागलुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका–५ हेम्जा बस्ने २३ वर्षीय मनिष थापा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीलव जानकारी दिएको छ। उनी चिप्लेढुङ्गा क्षेत्रमा पार्किङ शुल्क उठाउने कर्मचारीका रूपमा कार्यरत थिए ।
उक्त भिडियो सार्वजनिक भए पछि खोजतलासका क्रममा थापालाई आइतबार सोही क्षेत्रबाट प्रहरी टोलीले पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
थापामाथि सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।