बोलिभियामा पैसा बोकेको सैनिक बिमान दुर्घटनाग्रस्त : १५ जनाको मृत्यु, ३० जनाभन्दा बढी घाइते

बोलिभियामा पैसा बोकेको सैनिक बिमान दुर्घटनाग्रस्त : १५ जनाको मृत्यु, ३० जनाभन्दा बढी घाइते


  • एजेन्सीहरु
  • शनिबार, १६ फाल्गुन २०८२
  • 2K
    Shares

पोखरा, १६ फागुन २०८२।

बोलिभियामा पैसा बोकेको सैनिक बिमान दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

बोलिभियाको एल अल्टो सहरमा वायुसेनाको हर्कुलस विमान शनिबार बिहान दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

रोयटर्सअनुसार, खराब मौसमका बाबजुद अवतरण गरेको उक्त विमान धावनमार्गबाट ​​चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेर सडकमा पार्क गरिएका १० देखि १५ सम्म सवारीसाधनमा ठोक्किएको थियो।  विमानको भग्नावशेष, क्षतिग्रस्त कार र शवहरू सडकमा छरिएका थिए। दुर्घटनापछि विमान दुई टुक्रा भएको थियो।

केन्द्रीय बैंकबाट नयाँ नोट लिएर आएको उक्त बिमान दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

प्रतिक्रिया