काबुलमा आत्मघाती बम हमला, १२ नेपालीको मृत्यु

काबुलमा आत्मघाती बम हमला, १२ नेपालीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ असार २०७३
  • 10.8K
    Shares

अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षागार्ड सवार एक गाडीमा आत्मघाती बम आक्रमण हुँदा १२ जनाको ज्यान गएको छ । सोमबार बिहानै मिनी बसलाई निशाना बनाएर गरिएको आत्मघाती बम आक्रमण १२ जनाको ज्यान गएको हो । ज्यान गुमाउने १२ जना नेपाली सुरक्षाागार्ड रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानी अधिकारीका अनुसार यस हमलामा परेर ३० भन्दा धेरै मानिस गम्भीर घाइते भएका छन् । आक्रमणमा परेको यस मिनिबसमा १२ जना नेपाली सुरक्षागार्ड सवार थिए । घटनास्थलमा कयौं एम्बुलेन्स पुगेर घाइतेलाई धमाधम अस्पताल पुर्याएका छन् ।

बम हमलामा क्षतिग्रस्त गाडी । तस्बिरः बीबीसी
बम हमलामा क्षतिग्रस्त गाडी । तस्बिरः बीबीसी

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पत्रकार सम्मेलन गरेर काबुलमा मारिएका १२ नेपालीको नाम आएको पत्रकारहरुलाई बताएका छन् । स्थानीय प्रहरीका अनुसार आत्ममघाती हमलामा संलग्न व्यक्ति पैदल नै सवार थिए । ती आक्रमणकारीले मिनिबस आफू नजिक आइपुगेपछि बमले उडाएका हुन् ।

अफगान मिडियाले एक सरकारी अधिकारीलाई उधृत गर्दै जनाए अनुसार रमजान सुरु भएपछि काबुलमा यो पहिलो आतंकवादी हमला हो । यसभन्दाअघि १९ अप्रिलमा भएको हमलामा ६४ जना मानिस मारिएका थिए । घटनामा ३४० भन्दा बढी मानिस घाइते भएका थिए । तालिबान त्यो हमलाको जिम्मेवारी लिएको थियो ।

रराष्ट्र मन्त्रालयले सोमबार अपराह्न पत्रकार सम्मेलन गरी घटनामा मारिएका १४ मध्ये अहिलेसम्म १२ नेपालीको पहिचान भएको जनाएको छ । र नामहरु पनि सार्वजनिक गरेको छ ।

घटनामा मारिएका:

  • अकुल तामाङ, सुनसरी
  • चन्द्रबहादुर रानामगर, काठमाडौं
  • हरिबहादुर बडवाल क्षेत्री, काठमाडौं
  • विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं
  • अमृतबहादुर थापा, लमजुङ
  • सुपबहादुर गुरुङ, स्याङ्जा
  • डम्बरबहादुर तामाङ, नुवाकोट
  • मधुसुदन कोइराला, नुवाकोट
  • लिलबहादुर गुरुङ, नुवाकोट
  • नवीनसिंह क्षेत्री, पर्वत
  • कृष्णबहादुर ढुंगाना, चितवन
  • जितेन्द्रसिंह थापा, बुटवल

यसैगरी, घाइते हुनेको नामावली यस्तो छः

बम हमलामा घाइते
                              बम  हमलामा घाइते
  • प्रेमबहादुर क्षेत्री, मोरङ
  • चेतबहादुर शेरचन, म्याग्दी
  • कुमारबहादुर गुरुङ, गोरखा
  • मानबहादुर थापा, चितवन, मुग्लिन
  • कृष्णकुमार देउजा, चितवन
  • अमृत रोकाया क्षेत्री, सुर्खेत
  • च्याङ्बा तामाङ, नुवाकोट

प्रतिक्रिया