बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन पक्राउ

बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन पक्राउ


  • बिबिसी
  • बिहिबार, ७ फाल्गुन २०८२
  • 7.4K
    Shares

पोखरा, ७ फागुन २०८२ ।

बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयू माउन्टबेटन-विन्डसर पक्राउ परेका छन्। उनलाई सार्वजनिक पदमा बसेर पदीय मर्यादाविपरितको काम गरेको अभियोगमा बिहीबार पक्राउ गरिएको बीबीसीले समाचार लेखेको छ।

एन्ड्रयू कहाँबाट पक्राउ परे भन्ने विषय प्रहरीले हालसम्म खुलाएको छैन । तर बिहीबार बिहान नोरफोकको स्यान्ड्रिंघममा केही नयाँ सवारी साधन देखिएका थिए । विन्डसर प्यालेस छाडेपछि उनी स्यान्ड्रिंघममै बस्दै आएका थिए ।

अमेरिले सार्वजनिक गरेको फाइल अनुसार, थेम्स भ्याली प्रहरीले यसै महिनाको शुरुमा विन्डसरले दोषी ठहरिएका यौन दिवंगत अपराधी एपस्टिनलाई कागजातहरू दिएको आरोपमाथि अधिकारीहरूले विचार गरिरहेको बताएको थियो।

प्रहरीले भनेको छ, ‘थेम्स भ्याली प्रहरीले सार्वजनिक पदको दुरुपयोग गरेको अपराधको अनुसन्धान सुरु गरेको छ। नोर्फोकबाट ६० वर्ष आसपासका एक व्यक्तिलाई पक्राउ गरिएको छ र उनी प्रहरी हिरासतमा छन्। राष्ट्रिय निर्देशन अनुसार हामी पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गर्ने छैनौं।’

अखबारहरूले यसअघि सार्वजनिक गरेको रिपोर्टअनुसार ६ वटा ट्याग नभएका प्रहरी कारहरू र लगभग आठजना सादा पोशाक लगाएका अधिकारीहरू पूर्वी इङ्गल्याण्डको स्यान्ड्रिङ्घम इस्टेटमा रहेको वुड फार्ममा आइपुगेका थिए। जहाँ माउन्टबेटन(विन्डसर बस्ने गरेका थिए।

स्वर्गीय रानी एलिजाबेथका दोस्रो छोरा पूर्व राजकुमारले एपस्टिनको सम्बन्धबाट कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन्। उनले एपस्टिनसँग मित्रताले पछुतो हुने गरेको बताउने गरेका छन्।

पूर्वराजकुमारको पक्राउबारे बकिङ्घम दरबारबाट तत्काल कुनै टिप्पणी आएको छैन। 

सन् २००८ मा नाबालिकाबाट वेश्यावृत्ति गराउन खोजेको अभियोगमा दोषी ठहरिएका एपस्टाइनसँग सम्बन्धित ३० लाख पृष्ठभन्दा बढी कागजातहरू सार्वजनिक भएपछि राजतन्त्र विरोधी अभियान समूह रिपब्लिकले पूर्वराजकुमार विरुद्ध प्रहरीमा रिपोर्ट गरेको बताइएको छ

सार्वजनिक फाइलहरूमा माउन्टबेटन(विन्डसरले २०१० मा भियतनाम, सिंगापुरलगायत आधिकारिक यात्राहरूमा भ्रमण गरेका अन्य ठाउँहरूको बारेमा एपस्टाइनलाई रिपोर्टहरू पठाएको दाबी गरिएको छ।

एन्ड्रयु बेलायतका राजा चार्ल्सका भाइ भएपनि उनले ‘राजकुमार’को उपाधि भने गत वर्ष नै गुमाइसकेका छन् । यसर्थ उनी पूर्व राजकुमार मात्रै हुन् । राजकुमार उपाधि गुमाइसकेपछि उनले रोयल लज, प्यालेस अफ विन्डसर पनि छोड्नुपरेको थियो ।

बेलायतमा पूर्व राजकुमार पक्राउ परेको यो पहिलो घटना हो । उनीमाथि यौन अपराधी जेफरी एपस्टीनसँग सम्बन्ध राखेको आरोप लगाइएको छ ।

प्रतिक्रिया