अमेरिका र इरानबीचको वार्तामा के–के कुराकानी भयो ?

अमेरिका र इरानबीचको वार्तामा के–के कुराकानी भयो ?


  • –एजेन्सी
  • शनिबार, २४ माघ २०८२
  • 4.3K
    Shares

पोखरा, २४ माघ २०८२।

इरानका विदेशमन्त्री अब्बास अराघ्चीले ओमानमा भएको वार्तापछि अमेरिकासँगको संवादलाई सकारात्मक सुरुवात भएको बताएका छन् । उनका अनुसार मध्यस्थतामा भएको उक्त छलफल पूर्ण रूपमा इरानको परमाणु कार्यक्रममै केन्द्रित थियो र अब दुवै पक्ष आ–आफ्ना राजधानी फर्केर परामर्श गर्ने छन् ।

यद्यपि, अमेरिकीपक्षले परमाणु विषयसँगै इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम र क्षेत्रीय सशस्त्र समूहहरूलाई दिएको समर्थनबारे पनि छलफल गर्न चाहेको बताएको छ, जसले दुई देशबीचको गहिरो मतभेद देखाएको छ । अमेरिकाबाट भने तत्काल औपचारिक प्रतिक्रिया आएको छैन ।


यो वार्ता मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति बढिरहेका बेला भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए इरानमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् भने इरानले पनि आक्रमण भए कडा जवाफ दिने बताएको छ ।

ओमानका विदेशमन्त्री बद्र अलबुसाइदीको मध्यस्थतामा भएको छलफललाई दुवै पक्षको सोच स्पष्ट गर्न उपयोगी भएको जनाइएको छ । इरानतर्फबाट अराघ्चीले र अमेरिकातर्फबाट विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नरले प्रतिनिधित्व गरेका थिए । 

प्रतिक्रिया