सामाजिक सञ्जालमा रास्वपाको प्रचार गरेको आरोपमा वीरगञ्जबाट प्रहरी हवल्दार पक्राउ

सामाजिक सञ्जालमा रास्वपाको प्रचार गरेको आरोपमा वीरगञ्जबाट प्रहरी हवल्दार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २४ माघ २०८२
  • 6.6K
    Shares

पोखरा, २४ माघ २०८२।

सामाजिक सञ्जाल प्रयोग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार गरेको आरोपमा वीरगञ्जबाट एक जना प्रहरी हवल्दार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सामै कार्यरत हरी हवल्दार श्यामनारायण पटेल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानलाई अनलाइन माध्यमबाट समर्थन र प्रचार गरेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरी हवल्दार पटेललाई वीरगञ्जस्थित नेशनल मेडिकल कलेज क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए। हवल्दार पटेलले केही समयदेखि आफ्नो सामाजिक सञ्जाल खातामार्फत उक्त पार्टीसम्बन्धी प्रचारात्मक सामग्री तथा टिप्पणीहरू सार्वजनिक गर्दै आएको पाइएपछि उनलाई नियन्त्रणमा लिएर आन्तरिक अनुसन्धान शुर गरिएको प्रहरीले बताएको छ।

प्रहरी ऐन तथा नियमावलीअनुसार प्रहरी कर्मचारीले कुनै पनि व्यक्ति, दल वा राजनीतिक गतिविधिको पक्ष वा विपक्षमा प्रचार गर्न नपाउने स्पष्ट व्यवस्था रहेको छ। सोही आचरण विपरीत कार्य गरेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। समाचार स्रोत जनता टाइम्स

प्रतिक्रिया