ट्रम्प र सी चिनफिङबीच टेलिफोनमा के कुरा भयो ?

ट्रम्प र सी चिनफिङबीच टेलिफोनमा के कुरा भयो ?


  • एजेन्सीहरु
  • बिहिबार, २२ माघ २०८२
  • 5.9K
    Shares

पोखरा, २२ माघ २०८२।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार टेलिफोन वार्ता भएको छ। यस बारेमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमार्फत जानकारी दिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘चीनसँगको हाम्रो सम्बन्ध र राष्ट्रपति सीसँगको मेरो व्यक्तिगत सम्बन्ध अत्यन्तै राम्रो छ। हामी दुवैले बुझ्छौँ कि यसलाई त्यसरी नै राख्नु कति महत्त्वपूर्ण छ।’

अमेरिका र चीनबिचको सम्बन्ध ‘अत्यन्त राम्रो’ रहेको जिकिर गर्दै उनले आफूहरूको सम्बन्ध निकट रहेको बताएका छन्। दुईजनबिच व्यापार, ताइवान, रुस-युक्रेन युद्ध, इरान र चीनको प्रस्तावित भ्रमणका विषयमा कुरा भएको उनलेे उल्लेख गरेका छन्।

उनले बुधबार बेलुका लेखेका छन्, “मैले भर्खरै चीनका राष्ट्रपति सीसँग उत्कृष्ट टेलिफोन वार्तालाप सम्पन्न गरेको छु। यो लामो र विस्तृत कुराकानी थियो, जसमा विभिन्न महत्त्वपूर्ण मुद्दाहरू समेटिएका थिए। यसमा व्यापार, सैन्य मामिला, अप्रिलमा मेरो चीन भ्रमण, जसको बारेमा म धेरै उत्साहित छु, ताइवान, रुस र युक्रेन युद्ध, इरानको वर्तमान अवस्था, अमेरिकाबाट चीनको तेल र ग्यास खरिद र चालु सिजनका लागि भटमास खरिदलाई २० मिलियन टनसम्म बढाउनेसहित थप कृषि उत्पादन खरिद गर्ने चीनको विचारबारे पनप थियो। उनले अर्को सिजनका लागि २५ मिलियन टन प्रतिबद्धता जनाएका छन्।’

प्रतिक्रिया