मुम्बई विमानस्थलमा दुई वटा विमानका पखेटा ठोक्किए

मुम्बई विमानस्थलमा दुई वटा विमानका पखेटा ठोक्किए


  • एजेन्सीहरु
  • बुधबार, २१ माघ २०८२
  • 7K
    Shares

काठमाडौँ, २१ माघ २०८२।

भारतको मुम्बई विमानस्थलमा मंगलबार साँझ एयर इन्डिया र इन्डिगोका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्। 

एयर इन्डियाको उडान एआई२७३२ मुम्बईबाट कोइम्बतुर उडान भर्नुअघि ट्याक्सी-वेमा रोक्किएको अवस्थामा हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान ६ई७९१ बिमान अवतरण गर्ने क्रममा ती दुई विमानका पखेटाको टुप्पा आपसमा ठोक्किएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै विमानमा यात्रु भरिभराउ भएका भए पनि कसैलाई चोटपटक लागेको छैन। उडान एआई२७३२ को पखेटाको टुप्पोमा सामान्य क्षति पुगेको एयर इन्डियाले जानकारी दिएको छ।

घटनालगत्तै दुवै विमानलाई प्राविधिक निरीक्षणका लागि पार्किङ एरियामा पठाइएको छ , घटनालगत्तै सबै २०० यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। 

प्रतिक्रिया