उड्नै लागेको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट फर्काइयो

उड्नै लागेको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट फर्काइयो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ माघ २०८२
  • 4.5K
    Shares

पोखरा , ११ माघ २०८२।

इस्तानबुल जानका लागि उड्न लागेको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट फर्काइएको छ ।

उडान नम्बर टीके–७२७ उड्नका लागि रनवे पुगिसकेको थियो । १२:३५ मा उडान तालिका रहेको जहाजलाई रनवेबाट पार्किङमा फर्काइएको हो ।

उड्नका लागि रनवेमा दौडिँदै गर्दा विमानमा समस्या रहेको संकेत प्राप्त भएपछि उडान रोकिएको हो । प्राविधिक जाँचपछि विमान उड्ने विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार