अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच  डाभोसमा लगभग एक घण्टा के कुरा भयो ?

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच  डाभोसमा लगभग एक घण्टा के कुरा भयो ?


  • एजेन्सीहरु
  • शुक्रबार, ९ माघ २०८२
  • 2.1K
    Shares

पोखरा , ९ माघ २०८२।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार स्विट्जरल्यान्डको डाभोसमा लगभग एक घण्टा भेटवार्ता गरेका छन्।

भेटवार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुसंग कुरा गर्दै अघि भने, ‘हेरौँ के हुन्छ… सबैजना (रुस-युक्रेन) युद्ध अन्त्य होस् भन्ने चाहन्छन्।’

ट्रम्पसँगको भेटपछि भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले विश्व आर्थिक मञ्चमा भाषण दिएका थिए । त्यस क्रममा उनले ट्रम्पसँगको आफ्नो भेट उल्लेख गरे र भने, ‘युद्ध अन्त्य गर्ने उद्देश्यले बनाइएका कागजात “लगभग तयार छन्।’

उनका अनुसार युक्रेनले ‘इमानदारी र दृढता’ का साथ काम गरिरहेको छ र रुस ‘यो आक्रामकता अन्त्य  गर्न तयार हुनुपर्छ।’

त्यसपछि जेलेन्स्कीलाई ट्रम्पसँगको उनको भेटवार्ताबारे प्रश्न गरिएको थियो।

जवाफमा बैठक ‘राम्रो र धेरै महत्त्वपूर्ण’ भएको बताए। र, राष्ट्रपति ट्रम्पलाई समयको लागि धन्यवाद दिए।

उनले भने, ‘अमेरिका, युक्रेन र रुसका प्रतिनिधिमण्डलले संयुक्त अरब इमिरेट्समा दुई दिन त्रिपक्षीय बैठक गर्नेछन्।’   

प्रतिक्रिया