जम्मु-कश्मीरमा भारतीय सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु

जम्मु-कश्मीरमा भारतीय सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु


  • जन संचार
  • शुक्रबार, ९ माघ २०८२
  • 4.7K
    Shares

पोखरा , ९ माघ २०८२।

भारतको जम्मु कश्मीरस्थित डोडा जिल्लामा बिहीबार भारतीय सेनाको गाडी ४०० फिट गहिरो खोचमा खस्दा १० सैनिकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

डोडाबाट २१ सैनिक लिएर माथिल्लो पोस्ट जाँदै गरेको उक्त गाडी भदरवाह-चम्बा अन्तरराज्यीय सडकमा रहेको खन्नी टपनजिकै भएको हो।

  ‘सडकमा परेको हिउँका कारण चालकले गाडीको नियन्त्रण गुमाउदा उक्त बुल्लेट प्रुफ गाडी करीब एदुई सय फीट गहिरो खोंचमा खसेर दुर्घटनाग्रस्त भएको डोडाका उपायुक्त हरविन्दर सिंहले बताए।

सेना र प्रहरीद्वारा तुरुन्तै संयुक्त उद्धार अभियान सुरु गरिएको थियो र चार जना सैनिकहरू घटनास्थलमै मृत फेला परेका थिए र अन्य ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। सेनाको गाडी नराम्ररी क्षतिग्रस्त भएको थियो। पछि, थप छ जना घाइते सैनिकहरूको चोटका कारण मृत्यु भयो।

घाइतेमध्ये एक जनालाई भादरवाह उप-जिल्ला अस्पतालमा निगरानीमा राखिएको छ भने १० जना सैनिकलाई विशेष उपचारको लागि उधमपुर कमाण्ड अस्पतालमा हेलिकप्टरबाट लगिएको छ भने एक जनालाई भादरवाह उप-जिल्ला अस्पतालमा निगरानीमा राखिएको छ।दुर्घटनामा परेका सैनिकहरुलाई उधमपुर सैनिक अस्पताल लगिएको बताइएको छ।

सेनाले मृतक र घाइते सैनिकहरू कुन राज्यबाट आएका थिए भन्ने कुरा अहिलेसम्म खुलाएको छैन।

भदरवाह-चम्बा सडकले जम्मु कश्मीर र हिमाचल प्रदेशलाई जोड्छ। यो मार्गमा अग्ला पहाड, गहिरा खोच र घना जंगल छन्। यो सडक अत्यन्तै साँघुरो र धेरै ठाउँमा निकै घुम्तीहरू छन्।

प्रतिक्रिया