व्यवहार चित्त नबुझ्दा जापानमा कम्पनी मालिकको हत्या

व्यवहार चित्त नबुझ्दा जापानमा कम्पनी मालिकको हत्या


  • एजेन्सीहरु
  • शनिबार, २६ पुष २०८२
  • 5K
    Shares

पोखरा, २५ पुष २०८२।

यस्तो पनिः व्यवहार चित्त नबुझ्दा कम्पनी मालिकको ह*त्या ! 🥸

जापानको राजधानी टोकियोस्थित ओता वार्डमा एक कम्पनीका सञ्चालकको विभत्स हत्या भएको छ। ४४ वर्षीय कम्पनी निर्देशक कावाशिमा आकिहिरो आफ्नै अपार्टमेन्टमा रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए। प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा सोही कम्पनीका ४५ वर्षीय सेल्स म्यानेजरलाई पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिले आफ्नो हाकिमको व्यवहारप्रति असन्तुष्टि रहेका कारण ह*त्या गरेको स्वीकार गरेका छन्। सिसीटिभी फुटेजमा कावाशिमा घर फर्कनुअघि नै ती म्यानेजर अपार्टमेन्टमा प्रवेश गरेको र ह*त्यापछि बाहिरिएको देखिएको छ।

प्रारम्भिक अनुसन्धानमा मृतकको शरीरमा १० भन्दा बढी ठाउँमा धारिलो ह*तियार प्रहार गरिएको भेटिएको छ।

टोकियो प्रहरीले यस घटनाबारे थप विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया