अमेरिकामा अध्यागमन अधिकारीले गोली हानेर एक महिलाको गरे हत्या

अमेरिकामा अध्यागमन अधिकारीले गोली हानेर एक महिलाको गरे हत्या


  • बिबिसी
  • बिहिबार, २४ पुष २०८२
  • 3.2K
    Shares

अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस शहरमा एक अध्यागमन अधिकारीले एक महिलालाई गोली हानेर हत्या गरेका छन्।

अध्यागमन अधिकारीले हानेको गोली लागेर  ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुडको मृत्यु भएको बीबीसीले समाचार लेखेको छ। अद्यापि गृह सुरक्षा विभाग (डीएसएस) ले भने ती महिलाले कारले ठोकाउन खोजेपछि अध्यागमन अधिकारी गोली चलाउन बाध्य भएको दाबी गरेको छ। गृह सुरक्षा सचिव क्रिस्टी नोएमले भनिन्, ‘अधिकारीले आत्मरक्षामा गोली चलाएका थिए।’

यता मिनियापोलिसका मेयर ज्याकब फ्रेले संघीय अधिकारीहरूको यो भनाइमा प्रश्न उठाएका छन् र शहरबाट आईसीई एजेन्ट हटाउन आह्वान गरेका छन्।

मिनियापोलिसमा एक प्रमुख अध्यागमन प्रवर्तन अपरेसनका क्रममा यो घटना भएको हो।

मिनियापोलिस र नजिकैको सेन्ट पल क्षेत्रमा २ हजारभन्दा बढी एजेन्ट तैनाथ गरिएको छ।

प्रतिक्रिया